जनकपूरमा भेटिएकाे शंकास्पद बस्तु कपडा रहेकाे पुष्टि



रामानन्द चाेकस्थित जलान काउन्टर अगाडि राखिएको शंकास्पद बस्तुभित्र कपडा बम नभएर कपडा रहेकाे बताइएकाे छ ।


नेपाली शेनाकाे डिस्पोज टाेलीले त्यस क्षेत्रलालाई सिल गरेर सुरक्षित साथ डिस्पोज गरेको थियाे । उक्त शंकास्पद बस्तुभित्र कपडा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ ।

संकास्पद बस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको  थियाे । स्थानीयले  बम हुन सक्ने आशंका गरेका थिए । शंकास्पद भनिएको वस्तु शुटकेश र झोला कसैले विर्सेर हिडे वा छोडेकाे  हुन सक्ने  प्रहरीले जनाएकाे छ । उक्त विषयमा  प्रहरीले  अनुसन्धान भैरहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button