रासायनिक मल कालोबजारी गरेको आरोपमा साह जेल चलान



मेरो प्रदेश सम्वाददाता
रौतहट
रासायनिक मल कालोबजारी गरेको आरोपमा रौतहट स्थित राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका छन ।


कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट सहुलियतमा लिएको मल बढी मूल्यमा विक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा उनी जेल चलान भएको प्रहरीले जानाएकोे छ । ३ ओटा सहकारी संस्थासँग मिलेर अनुदानमा आएको रासायनिक मल बढी मूल्यमा विक्री गरेको आरोपमा प्रहरीले साहलाई गएको असार १२ गते पक्राउ गरेको थियो ।

सृजनशील कृषि सहकारी, बागमती बचत तथा ऋण सहकारी र उन्नतीशील महिला कृषि सहकारीका नाममा प्रतिबोरा रू. ७०० मा खरीद गरी रू. १ हजार ७०० देखि रू. २ हजार २०० सम्ममा मल विक्री गरेको उजुरी परेको थियो । ३ ओटै सहकारीलाई अनुदानको मल दिन वडाध्यक्ष रखालले कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा नम्बर १ का वडाध्यक्ष वीरबहादुर रखालसहित २५ जनामाथि कालोबजारीको मुद्दा चलाइएको छ । मुद्दा चलाइएका साहबाहेक अन्य सबै फरार रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button