नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरीएको थियो । किशोरीको आरडिटी गर्दा उनमा रिपोट पोेजेटिभ देखिएको थियो । त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते उनमा कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको कमी हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button