पछिल्लो २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमणे पुष्टि,, कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा पछिल्लो २४ घन्टामा १ सय ९ जनामा कोरोना संक्रमणे पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले सम्म नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना उपचारपछी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

याो संगै नेपालमा कुल १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button