पीपरा गाउँपालिकाको तालाबन्दी खुल्यो, भोली दुबै पक्षबिच बार्ता हुने



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
शुक्रबार जसपा का स्थानीय नेता तथा कार्यकर्ताले महोत्तरीको पीपरा गाउँपालिकामा तालाबन्दी गरेपछी पीपरा गाउँपालिका र आन्दोलित पार्टीबिच बार्ता हुने भएको छ ।


गाउँपालिका र आन्दोलित पक्षबाट ५।५ जना बार्तामा बस्ने सर्तमा केहि समय पश्चात शुक्रबार नै तालाबन्दी खुलेको गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले बताए ।

उनका अनुसार बार्तामा शनिबार दिउँसो नै जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बस्ने समय किटान भएको थियो । तर केहि कारणबस शनिबार बस्न नसकिएकोले आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बार्तामा बस्ने सहमति भएको पीपरा गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले जानकारी दिए ।

जसपाले विभिन्न २० बुँदे माग राख्दै केहीदिनअघि ज्ञावन वत्र बुझाएको थिाये । तर समयमै माग पुरा नभएको भन्दै जसपाले शुक्रबार नाराबाजी गर्दै तालाबन्दी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button