नक्कली नोटसहित तीन जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
बारा को महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिणाममा नक्कली नेपाली र भारतीय रुपयाँका नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् ।


उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बरियापुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो उनिहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ १ लाख ८३ हजार ६ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button