थुनुवा कक्षमै आत्महत्याको प्रयास



मेरो प्रदेश सम्वाददाता
पर्सा


डिभिजन वन कार्यालय पर्साको हिरासतमा रहेका पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने लक्ष्मण भन्ने ४५ बर्षका लक्ष्मी माझीले हिरासत कक्षमा आफैले ब्लेडले घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका छन । बिहीबार बिहानको खाना थुनुवालाई दिन जाने क्रममा उनले आफैले घाँटी रेटेर बेहोस भएका थिए । भने थुनुवा कक्षमा रगत लागेको ब्लेड भेटिएको थियो ।

माझीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ । उनी खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ । थुनुवा कक्षमा दुई जनालाई राखिएकोमा एक जना धरौटीमा छुटेका थिए ।
माझी एक्लै भएकोले डिप्रेसनमा परेर आत्महत्याको प्रयास गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

धरौटी लिएर छोड्ने तयारी भइरहेको समयमा माझीले एक्कासी आत्महत्या प्रयास गरेको सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत फरमान मियाँले जानकारी दिए । डिभिजन वन कार्यालय पर्साले मियाँलाई नै उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिएको थियो ।

राष्ट्रिय निकुञ्ज भित्रबाट अवैध रुपमा शिकार गरी ल्याएको चित्तलको मासु पकाएर खाँदै गरेको अवस्थामा गत असार १६ गते माझीलाई हतियारसहित पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button