कलहले बसपार्क निर्माणकाे काम अधुरै



 


सिरहाको भगवानपूर गाँउपालिकामा  बसपार्क निर्माण गर्ने बजेट फिर्ता भएकाे छ ।  जिल्लाकाे सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडीमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अधुरो बसपार्कको काम सम्पन्न गर्न ५० लाख बजेट बिनियोजन गरिएकाे थियाे ।

तर उपभोक्ता समिति गठनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका स्थानीय नेता, कार्यकर्ताबीच विवाद  चुलिदै गएपछि  बजेट फिर्ता भएको हाे  । बजेट फिर्ता भएसंगै बसपार्क निर्माणकाे काम अधुरै भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button