मालपोतका नायब सुब्बा १३ हजार घुससहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको छ ।

जग्गासम्बन्धी काममा सहजिकरण गराइदिने सर्तमा सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई रंगेहात कार्यकक्षबाटै पक्राउ गरीएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button