एक महिनापछि प्रदेश २ को बजेट बहुमतबाट पारित



मेरो प्रदेश सम्वाददाता
भनुषा
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश २ सरकारले ल्याएको बजेट मत विभाजन गरी एक महिनापछि पारित भएको छ ।


अघिल्लो बर्षहरुमा सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृया अनुसार बहुमतले पारित भएको हो ।
प्रदेश २ सरकारले गत असार १ गते रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेपछीे बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले बजेट पारित गराउन असहयोग गरेका थिए ।

सर्वसम्मतले बजेट पारित नभएपछि सभामुख सरोज यादवले मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई उभिन लगाएका थिए । प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए ।

आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि प्रदेश २ सरकारले ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम रहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।

बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको कोरोना महामारीको समयमा पनि मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button