सर्पले डसेर धनुषामा एक जनाको ज्यान गयो



राधा कृष्ण शर्मा , बर्दिवास महोत्तरी
सर्पले डसेर धनुषामा एक जनाको ज्यान गएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ९डाँडाटोलका ६५ बर्षिय चन्देश्वर महतोको ज्यान गएको हो । राति १ बजे घरैमा सुतिरहेका महतोलाई बैहीरी करेत सर्पले डसेर घाइते भएपछि उपचारका लागि बर्दिवास स्थित गौरीडाँडामा रहेको सर्पदँस उपचार केन्द्रमा ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बन्दिपुर लैजादैगर्दा महतोको बाटैमा ज्यान गएको मृतकका छिमेकी नागेन्द्र ठाकुरले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button