नेपालमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस संक्रमण ,,कुल संक्रमितको संख्या १६ हजार सात सय १९ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लाे २४ घण्टामा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button