गौशालामा करेन्ट लागेर एक बालिकाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


महोत्तरीकोे गौशालामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका– ११ कालिपुर निवासी सुनिल महतोकी २ बर्षीया छोरी आइसी सिंहको रहेकी छिन ।

बालिकाले करेन्ट प्रवाह भएको होल्डर समाउँदा उनको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिऐ ।
बालीकाको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button