क्वारेन्टाईनबाट बाहिर निस्की बजारतर्फ डुल्न जाने गरेपछि प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाईनमै फर्काइएका युवामा कोरोना पोजेटिभ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीे जिल्लाको बोदेबर्साइन नगरपालिकास्थित चन्द्र नमुना उच्च माविको क्वारेन्टाईनमा बसेका ६ जना युवाहरु पटक÷पटक क्वारेन्टाईनबाट बाहिर निस्की बजारतर्फ डुल्न जाने गरेपछि प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाईनमै फर्काइएका युवामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पक्रने २ जना प्रहरीहरुलाई समेत कोरोना हुन सक्ने आशंकाले प्रहरी र उनका आफन्तमा खैलावैला मच्चिएको छ ।


बुधवार साँझ ड्युटीमा खटेका दुई प्रहरीले उनीहरलाई पक्राउ गरेर पुनः क्वारेन्टाईनमै पुृ¥याएका थिए । त्यसको एक घण्टापछि नै ती मध्येका दुई जनालाई कोरोना पोजेटिभ भएको रिपोर्ट प्राप्त भएको थियो ।

ती युवाहरुलाई पक्रेका कारण प्रहरी जवानद्वय घनश्याम थापा र छविलाल वम्जनलाई समेत कोरोना संक्रमणको आशंकाले छुट्टै राखिएको डिएसपी तिलक भारतीले जानकारी दिए । ती दुबै प्रहरीको विहीवार स्थानीय साईकृष्णा अस्पतालको आइशोलेशन कक्षमा पिसिआर परिक्षण गराइएको छ ।

परिक्षण रिर्पाेट आउन बाँकि रहेकोले रिपोर्ट प्राप्त भएपछि सोही अनुसारको आवश्यक व्यवस्था मिलाईने प्रहरीको भनाई छ । पिसिआर परिक्षण रिपोर्ट नआउँदै ड्युटीमा खटिएका कर्मचारी र प्रहरीको आँखा छलेर ती युवाहरु पटक÷पटक निस्कने गरेका कारण समुदायमा कोरोना संक्रमण फैलिने सम्भावना बढेकोले स्थानीय त्रसित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button