ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु



ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।


आज बिहान करिब साढे ४ बजे काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनाग्रस्त भएकाे  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए  ।

ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button