डुवान भएको भन्दै प्रदर्शन



मेरो प्रदेश सम्वाददाता
सप्तरी,
वर्षाको पानी निकास नहुँदा दर्जनौं घर र सय विगहा भन्दा बढी धान खेती जग्गा डुवान खेपिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका बासिन्दाले अविलम्ब यसको उचित व्यवस्थापन गर्नुपर्ने माँग गरेका छन । बुधबार गाउँबाट प्रदर्शनसहित सदरमुकाम राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।


सो समस्या समाधानका लागी गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिएर मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती र जग्गा डुवानमा परेकोे छ ।

मुहान थुनिदा पानीको उच्च दबाबले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाउँदा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button