बालिका हत्या अभियोगमा ,, अघोरी बाबासहित २० जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा


एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले जनकपुर उपमहानगरपालिकाबाट २० जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बालिकाको शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबा सहित २ जनालाईे पक्राउ गरेकोमा अहिले थप १८ जनालाई पनि पक्रउ गरेर अनुसन्धान गरीहेको छ ।

बालिकाको शवको शनिबार डाक्क्टरहरुको समूहले पोस्टमार्टम गरेपनि रिपोर्ट अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट नआउञ्जेलसम्म हत्यापूर्व बलात्कार भएको हो वा होइन भन्ने आशंका पुष्टि गर्न नसकिने उनले बताए । यसैगरी घटनास्थलबाट प्रहरीले ब्लैंकेट फेला पारेकोे जनाएको छ ।
यता धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले अनुसन्धान तीव्र रुपमा अगाडि बढाइएको भन्दै अनुसन्धानका लागि २० जना पक्राउ परेको बताए ।

गत बुधबार विहान ११ बजे भैसी चराउन घरबाट निस्केकी १० वर्षीय बालिका कञ्चन कुमारी पजियारको शव शनिबार दुधमती नदी किनारामा स्थानियले देखेर आफन्तलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button