पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण ,,कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ५ सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button