मोटरसाइकलको ठक्करले एक बालकको ज्यान गयो, तीनजना घाइते



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।


बरहथवा नगरपालिका–११ वाग्मती सिँचाई आयोजना नहरको डिलमा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय १२ वर्षीय जुगल मुखियाको घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा सँगै बसेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाइते भएका छन । घाइते भएका तीनै जनालाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ ।

मोटरसाइकलका चालक फरार भएकाले खोजी कार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button