जनकपुरमा कागजले बेरेर फालिएकोे शिशुको शव फेला



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाममा नवजात शिशुको शव फेला परेको छ ।
कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा जनकपुरधाममा नवजात शिशुको शव फेला परेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं–८ रामानन्द चोकस्थित मेरी स्टोप्स जाने बाटोमा शनिबार बिहान कागजमा पोको पारेर फालिएको अवस्थामा शिशुको शवस्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


फलिएको शिशुको शव अवैध सम्बन्धका कारण जन्मिएको हुँन सक्ने भएकाले कसैले फालेको हुनसक्ने स्थानीयको आशंका रहेको छ । शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button