नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा थप दुईजनामा सङ्क्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देही र गोरखाका दुईजनाको मृत्यु भएको जानकारी दिए । उनले गोरखाका पालुङटारका पुरुषको शनिबार बिहान मृत्यु भएको र उनी असार १७ गते कतारबाट फर्किएका थिए उनको उपचारको लागि अस्पताल भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यसैगरी, रुपन्देही देवदहका एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु हुँनेमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । उनमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो ।

कोरोनाबाट आज दुईजनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button