प्रदेश २ मा होम क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा होम क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भईरहे संगै क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गईरहेको छ । प्रदेशका आठवटै जिल्लामा रहेका ४ सय ५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको संख्या तीन हजार ७ सय ७० मा झरेको छ यसअघि, असार १ मा प्रदेशका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १५ हजार ५ सय ८१ थियो। कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएका कारणले क्वारेन्टाइनमा बस्नेको संख्या निरन्तररुपमा घट्दै गइरहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आए पनि होम क्वारेन्टाइनमा बस्नेको संख्यामा भने वृद्धि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार असोज १ गतेसम्म होम क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ६ सय ४३ थियो। असार १८ गतेसम्ममा प्रदेश २ मा संक्रमित संख्या १८ हजार ५ सय ६० पुगेको छ। प्रदेशमा असार १८ सम्म ४४ हजार २ सय ३२ जनाको स्वाबको नमूना संकलन गरिएको छ। तीमध्ये पुरुष तीन हजार ३ सय २४ र महिला २ सय २० गरी तीन हजार ५ सय ४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। तीन हजार ६ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ। प्रदेश २ मा संक्रमितमध्ये एक हजार ९ सय २३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button