चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई प्रदेश २ सरकारले एक लाख रुपैयाँ दिने



मेरो प्रदेश सम्वाददाता
बारा
चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई प्रदेश २ सरकारले एकरएक लाख रुपैयाँ दिने भएको छ । बिहीबार प्रदेश २ सरकारको मन्त्रिपरिषद्कोे बसेको आकस्मिक बैठकले चट्याङबाट ज्यान गुमाएका पीडित परिवारलाई एकरएक लाख रुपैयाँ दिने निर्णय गरेको हो । वर्षासँगै परेको चट्याङ लागेर बारामा बिहीबार बिहान चार जना महिलाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । यसैगरी चट्याङ लागेर पर्सामा पनि एक जना घाइते भएका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुगेको थियो ।


चट्याङ लागेर ज्यान गुमाएका चारै जनाको परिवारलाई भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले एकरएक लाख रुपैयाँ दिने निर्णय भएको बताए ।

उनले भने बारामा बिहान चट्याङ लागेर ४ जना महिलाको दुःखद् निधन भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर मृतकका परिवारलाई एकरएक लाख रुपैयाँ राहत दिने निर्णय गरेका छौं ।’ र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने मन्त्री सोनलले बताए । ‘प्राकृत्तिक विपत्तिले घाइते भएका छन्, प्रदेश सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउँछ,’‘त्यसका लागि सम्बन्धित अस्पतालका मेसुसँग कुरा गर्दैछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button