कोरोना संक्रमणबाट डेढ महिने शिशुको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
म्याग्दी घर भएका ४५ दिने कोरोना संक्रमित शिशुको बुधबार साँझ मृत्यु भएको छ ।
घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरीएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


संक्रमित शिशुको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

शिशुको श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button