वर्षा अझै कायमै , भाेलिदेखि झन सकृय



केही दिनदेखि जारी वर्षा बिहिबार  पनि  कायमै रहने छ । अहिले बिहान पनि सबै प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम विद्हरूले बताएका छन् ।


आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाकाे  सम्भावना रहेकाे छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने  आज दिउँसो तिर  भारी वर्षाको  सम्भावना  रहेकाे माैसम पूर्वानुमान शाखाले जनाएकाे छ ।

राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने र प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने  भारी वर्षाकाे  सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि शुक्रबारदेखि  वर्षा अझै सकृय रहने  अनुमान गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button