चित्तलको मासुसहित पर्साबाट एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको सखुवा पर्सौनीमा चित्तलको मासु खाँदै गरेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवा पर्सौनी गाउँपालिका(१ औराह बस्ने ४५ वर्षीय लक्ष्मण माझी मुसहर रहेका छन ।


माझीलाई डिभिजन वन कार्यालयबाट खटिएको सशस्त्र वन रक्षकको टोली र राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले सोमबार पक्राउ गरेको हो ।

छापामारीको क्रममा उनको घरबाट बाह्र बोरको एकनाले बन्दुक बारामद भएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न अन्यको खोजी भइरहेको समेत उनले बताए ।
पक्राउ परेका माझीसँग बयान लिन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button