सर्लाहीमा नेकपाले सबै पालिकामा प्रदर्शन गर्ने



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ र ३ को सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच आइतबार साँझ झडप भएको घटनाको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका सबै स्थानीय तहमा मंगलबानर प्रदर्शन गर्ने भएको छ ।
सो घटनामा तीन प्रहरीसहित दुबै पक्षका गरी २१ जना घाइते भएका थिए ।


घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएको छ ।

सोही घटनाविरुद्ध आज जिल्लाका सबै २० वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिने नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
उनले भने ‘यो नेपाली कांग्रेसको अराजकताको पराकाष्ठा हो,’ ‘यस्ता बर्बरताविरुद्ध हामी कडा आन्दोलनमा उत्रन लागेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button