गण्डकी प्रदेशमा बिहानै थपिए १७ कोरोना संक्रमित



मंगलबार  बिहान  गण्डकी प्रदेशमा  १७ जनामा  कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा   कास्कीमा ८ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना र स्याङ्जामा १ जना  गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले  जानकारी दिए ।


शर्माका अनुसार  गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ९ सय ६६ पुगेको छ ।

त्यस्तै हालसम्म   यस प्रदेशमा  काेरोना निको भई घर फर्कनेको संख्या २ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close