बिहीबारसम्म वर्षा हुने माैसम पूर्वा अनुमान  महाशाखाकाे भनाइ



एक हप्ताभन्दा बढी समयदेखि जारी वर्षा अझै केही दिन सम्म रहने मौसम विद्हरुले बताएका छन् । मौसम विद्हरुका अनुसार अझै कम्तीमा पनि तीन दिन वर्षा हुने सम्भावना छ । झरी बिहीबारसम्म परिरहने र देशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


आज बिहान पनि देशभर मौसम बदली रहने छ, भने केही स्थानमा पानी परिरहेकै छ ।

त्यस्तै आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का एक , दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि सबै प्रदेशका एक ,दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ भने प्रदेश नम्बर १, बागती प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

माैसम पूर्वा अनुमान  महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close