प्रदेश नं २ काे ८  जिल्लाहरूमा  केही दिनको वर्षाले सडक हिलाम्य



 


प्रदेश नं २ काे ८  जिल्लाहरूमा  केही दिनको वर्षाले नै  हुलाकी तथा राजमार्ग  अवरुद्ध बनेकाे छ ।  सडक हिलाम्य भएर  मोटरसाइकल समेत गुडाउन समस्या परेकाे छ ।

भने चारपाङ्ग्रे   सवारी साधना ठाँउठाँउमै  फस्न थालेका छन् ।  त्यस्तै त्यस क्षेत्रका  हुलाकी सडक भएर एक स्थानीय तहदेखि अर्कोसम्म पुग्ने  सक्ने अवस्था छैन।

प्रदेशकाे महाेत्तरी,धनुषा,सर्लाही लगाएतका जिल्लाहरूमा वर्षाकाे पानीले मुख्य तथा सहायक सडक छेउछाउकाे खाल्डाखुल्टीमा पानी जमेर सवारीसाधन र मानिसले हिडडुल गर्न सास्ती खेप्नु परेकाे छ ।

त्यस्तै

सिराहामा  ठेकेदार कम्पनीले सडकमा नयाँ माटो लगाएकाे र वर्षा भएपछि सडक हिलाम्मे बनेको बरियारपट्टी गाउँपालिका–४ सिरहाका एक स्थानीयले बताए ।

सिरहाको औरही–५ स्थित गागन नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ। बाढी आएका बेला आवतजावत पूर्ण रुपमा बन्द हुने गरेको  छ ।

त्यस्तै राैतहटकाे गाैरमा पनि सडक छेउछाउ पानी जमेर स्थानीयले सास्ती खेप्नु परेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close