प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक युवकलाई सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका– ९ का १८ वर्षीय धीरेनकुमार राम रहेका छन ।
भारतबाट लागुऔषध लिई साइकलमा आउँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट भगवानपुरले रामलाई पक्राउ गरेको हो


पक्राउ परेका उनीसँग लागूऔषध नोफिन दुई सय ५८ एम्पुल, ल्याबोरेट दुई सय ५६ एम्पुल र फेनारगन दुई सय ५८ एम्पुल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पक्राउ परेका रामलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close