नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण ,, कुल संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा थप ४ सय ७६ जना कोरोना संक्रमित फेला परेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।


संक्रमितमध्ये ३ हजार १ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २९ जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close