नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली चल्यो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
नेकपा र कांग्रेस कार्यकर्ताबीच सर्लाहीको धनकौल गाउँपालिकामा झडप हुँदा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता गरी १८ जना घाइते भएका छन् । झडपमा घाइते भएका मध्ये केहीलाई गोलीसमेत लागेको छ।


एक साताअघि सर्लाहीको रामनगर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए।

सोही क्रममा दुई पार्टीका कार्यकर्ताबीच धनकौलमा विवाद हुँदा झडप भएको र झडपमा कांग्रेसका कार्यकर्ताले गोली चलाएको नेकपाका कार्यकर्ताले दाबी गरेका छन् । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button