वर्षा  बुधबारसम्म कायमै रहने




झण्डै एक सातादेखि नेपालमा जारी मनसुन अझै केहि दिन सकृय रहनेमौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ  ।  महाशाखाका अनुसार  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेका कारण अझै तीन दिनसम्म लगातार झरी पर्ने  छ ।
अहिले देशमा सामान्यदेखि पूर्ण बदली रहेको र देशभरका केही स्थानहरुमा वर्षा भईरहेको  छ  । साेमबार दिउँसाे  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालकाे वर्षाको सम्भावना रहेको  छ ।

यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएकाे छ ।

त्यस्तै  आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी  प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउदै   वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको  खतरा रहेकाले होशियारी अपनाउन आग्रह गरेको छ । वर्षा  बुधबारसम्म कायमै रहने जनाइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button