किरा मारेर ल्याउने किसानले प्रति किलो ५० रुपैया पाउने 



शनिबार बाराका विभिन्न स्थानमा  प्रवेश गरेको सलह किरा मारेर ल्याउनेले   प्रति किलो ५० रुपैयाका दरले नगद पाउने भएका छन् ।  सलह किराकाे  संभावित प्रकोप नियन्त्रणका लागि जिल्लाको कोल्हवी नगरपालिका स्थित नेपाल एग्रो केमिकल प्राइभेट लिमिटेडले यस्ताे घाेषणा गरेकाे हाे  ।


किरा मारेर ल्याएबापत   निजगढ नगरपालिका वडा नम्बर ८ र कोल्हवी नगरपालिका वडा नम्बर २ का किसानहरुका लागी   प्रति किलाे ५० रूपैयाँकाे दरले नगद पाउने  व्यवस्था गरिएकाे हो ।

प्रकोप न्युनीकरणका लागि सलहलाई मार्नु नै सबै भन्दा सजिलो र प्रभावकारी उपाय भएकाले प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउन लागिएको हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close