नवलपरासीको क्वारेन्टिनमा बस्ने   एकजना पुरुषको  निधन



नवलपरासीको क्वारेन्टिनमा बस्ने   एकजना पुरुषको  निधन भएको छ । निधन हुनेमा  नवलपरासीको बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको  रहेका छन् ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित  पुरुषको  मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा  लगि उपचार गर्दा उपचारकै  क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।


मृतक पुरुषकाे स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । उनी  गत असार १२ गते भारतको मुम्बईबाट स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button