सप्तरीमा चट्याङबाट ज्यान गुमाउने मृतकका परिवारलाई प्रदेश २ सरकार एक-एक लाख राहत दिने



प्रदेश २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक एक लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतकका परिवारलाई सरकारको तर्फबाट एक एक लाख राहत दिने गरेका हुन् ।


बिहीबार चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर मन्त्री साहले भेट गरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।

चट्याङ लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button