उपचार अभावमा मृत्यु भएका राजुको परिवारलाई प्रदेश सरकारले  ५ लाख दिने



उपचार नपाएर मृत्यू भएका धनुषाको हंसपुर नगरपालिकाको राजु सदाको परिवारलाई प्रदेश नं २ को प्रदेश सरकारले ५ लाख क्षतिपूर्ती दिने घोषणा गरेको छ ।


प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव सोनलले सदाको परिवारलाई राहत स्वरुप उक्त रकम दिन लागेको बताए ।

घटनाको विषयमा छानबिन समिति गठित गरिसकेको र सो समितिले काम सुरु गरिसकेको जनाउँदै छानबिनमा दोषी देखिने कसैलाइ नछोडी कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

प्रदेश सरकारले हिजो राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button