सप्तरीमा सर्पको टोकाईबाट बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा सर्पको टोकाईबाट बालकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ घर भएका मोहम्मद तैयब खानको १८ महिने नाम नखुलेको छोराकोे मृत्यु भएको हो ।


घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button