टाटासुमो र मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा टाटासुमो र मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजनाको ज्यान गएको छ ।
ज्यान जानेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेका छन ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button