आज देशका धेरै भू-भागमा ठूलो पानी पर्ने सम्भावना 



आज (बिहीबार) देखि नेपालमा मनसुन सक्रिय हुने जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशका अधिकांश भ–ूभागमा मौसम बदलीको सम्भावना रहेको छ । अहिले प्रदेश नं १, प्रदेश नं २ प्रदेश नं ५,सुदूर पश्चिम प्रदेशर कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको जनाइएको छ ।


यस्तै आज दिउँसो देशभर मौसम बदली रही सातै प्रदेशका अधिकाँश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश नँ १, प्रदेश नँ २, प्रदेश नँ ६, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोे छ ।

त्यसैगरी आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button