झाडापखालाको उपचार नपाएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा एक किशाेरकाे मृत्यू 



प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएका एक किशोरको उपचार नपाएर मृत्यू भएको छ ।  कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा राखिएका धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १६ वर्षीय राजु सदाले झाडापखलाको उपचार नपाइ मृत्यु वरण गरेका छन् ।


गत जेठ १४ गते भारतबाट नेपाल आएका सदालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा आएदेखिनै सदालाई झाडापखाला लागेपनि कसैले वास्ता नगर्दा उनको ज्यान गएको हो ।

उनी भारतको मदरासामा मजुदुरी गर्दै आएका थिए, कोरोनाको कारण लकडाउन भएपछि घर आउने क्रममा क्वारेन्टाइनमा बसेका थिए ।
भारतबाट हंसपुर आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदाको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरियोे ।

। झाडापखालको समेत ग्रसित रहेका सदालाई अस्पतालमा पिसीआर टेस्टको लागि स्वाब संकलन भयो तर रिपोर्ट ढिलो आएपछि उनले उपचार पाउन सकेनन ।

यता सदा झाडापखलाले छटपटाइरहेका थिए ।
आइसोलेसनमा सँगै रहेका सिराहाका उनको साथीले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेका थिए । भिडियोमा उनी असह्य पीडाले तड्पिरहेको अवस्थामा देखिन्छन ।

बेडमा अडिन नसकेर उनी भुइँमा पनि छट्पटाइरहेका छन्, सँगै बसेका साथीहरूले ‘राजु, राजु’ भनेर उनलाई सान्त्वना दिन खोजेको जस्तो देखिन्छ । तर, उनलाई के भयो भनेर सोधखोज गर्न त्यहाँ कोही पनि स्वास्थ्यकर्मी आएको देखिदैनन ।
रिपोर्ट नआएकोले उपचार नभएको र लामो समयसम्म झाडापखाला रहेकोले शरीर कमजोर हुँदै गएपछि सदाको मृत्यू भएको उनकी आमा निलमदेवीले दाबी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button