विभिन्न देशमा समस्यामा परेका नेपालीहरूलाई आज  स्वदेश ल्याइदै 



 


कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा समस्यामा परेका नेपाली आज पनि स्वदेश फर्कदैछन् ।
विभिन्न देशमा ११ वटा चार्टड उडान हुने नागरिक उड्ययन कार्यालयले विदेशमा अलपत्रमा परेका नेपालीहरुलाइ विदेश फर्काउन लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज साउदी, कुवेत, अमेरिकाबाट नेपाली ल्याइंदैछ । आज अन्तर्राष्ट्रियतर्फ १० उडान हुने जनाइएको छ । त्यसैगरी दोहा, दमाम, आवुधावी, कुवेत, इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ ।

हिमालयले दमाम, कुवेत र अबुधाबीबाट समान संख्या १ सय ५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २ सय ८० का दरले यात्रु ल्याउन लागेको विमानस्थल स्रोतले जनाएको छ ।

कुवेत सरकार आफ्नै खर्चमा समस्यामा परेका नेपालीलाइ स्वदेश फर्काउन लागेको हो ।
त्यस्तै अन्य देशबाट आउने कामदारले शुल्क तिरेर नेपाल आउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button