जनकपुरधाम उपमहानगरपालिका अगाडी तनावकाे स्थिति



कार्यपालिका बैठकमा वडाध्यक्षले माइनेट च्यातेपछि जनकपुरधाम उपमहानगरपालिकामा सोमबारबाट तनाब बढेको छ । मंगलबार हुने  नगरसभाको लागि  सोमबार अर्थात हिजाे बसेको बैठमा वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले माइनट च्यातेपछि दुईपक्षबिच झडप भए भएकाे थियाे । झडपका क्रममा वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्ण भुइँमा लडेका थिए ।

मेयर उपमेयर पक्षमा रहेका केहि वडाध्यक्ष र उनीहरुको विपक्षमा रहेको वडाध्यक्षबिच उत्पन्न समस्याले तनावकाे स्थिति सृर्जना भएकाे    थियाे ।  तनावकाे स्थिति अझै  साम्य हुन सकेको छैन ।


आज नगरसभा हुने दिन पनि उपमहानगररपालिकाे  कार्यालय अगाडी साेमबार रातिदेखि तनाव कायमै रहेकाे  छ ।  बहुमतले नगरसभा गर्ने प्रयासमा मेयर उपमेयर लागेको बेला विरोधमा रहेका वडाध्यक्षहरु आफुतिर बहुमत जुटाउन मूलगेटमै धर्ना र प्रदर्शन गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button