पिपलको हाँगो भाँचिदा सर्लाहीमा एक महिलाको मृत्यू 



सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगोले लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको ब्रम्हपुरी गाउँपालिका ६ नोकेल्वामा आइतवार साँझ ना ४ ख ५४४८ नम्बरको टिपरको हाइड्रोलिकले पिपलको हाँगो भाँच्दा चौतारीमा बसेकी दुइ स्थानीय महिला मध्ये एकको घटनास्थलमै मृत्यु भएको छ भने अर्की एकजना महिला गम्भीर घाइते भएकी छन् ।

मृत्यू हुनेमा सोही ठाउँकी ४५ वर्षीया कैलासिया देवी हुन । भने गम्भीर घाइते माहिला सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी रहेकी सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी सुवेदीले जानकारी दिए ।


उनको जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको सर्लाही प्रहरीको भनाइ छ ।
घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । गिटी झारेपछि हाइड्रोलिकले टिपरको ढाला उठाउने क्रममा पिपलको हाँगो भाँचिएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button