मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य बदली भई देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेकोे छ ।
त्यसंगरी दिउँसो देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रही
प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ।