सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा पछिल्लो २४ घन्टामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
यो संगै सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । संक्रमितमा २० देखि ६५ वर्ष उमेर समूहका रहेका छन् ।
संक्रमितहरु सबै भारतबाट आएका हु्न् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button