प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा ७ महिलासहित ७० जना पुरुसमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश २ मा पछिल्लो पटक सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जनाकोरोना संक्रमित फेला परेका छन् । त्यसैगरी सर्लाहीमा ९ जना, धनुषामा ८ जना, बारामा ४ जना, सप्तरी र महोत्तरीमा २ , २ जना र रौतहटमा १ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुँन् । यो सँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको छ । संक्रमितमध्ये १ सय ६० जना महिला छन् ।
पछिल्लो २४ घन्टामा प्रदेश २ मा ९ सय ५२ जना कोरोना संक्रमित उपचार पछी निको भएर घर फर्किसकेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिब डा. राम प्रसाद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button