नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो देशका विभिन्न जिल्लामा थप ४ सय २१ जनामा संक्रमण



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा आज विभिन्न जिल्लामा गरी थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


यो संगै देशभर कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
त्यसैगरी नेपालमा अहिलेसम्म १ हजार ७ सय ७२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २३ जनाको कोरोना भाईरसका कारण ज्यान गईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button