सर्लाहीमा अपहरण गरी हत्या, गरीएको शव बाँसघारीमा भेटियो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा हपहरण गरेर एकजनाको हत्या गरीएको छ । सर्लाहीको रामनगर गाउँपालिका ४ बौहर्बाटोलका अन्दाजी ६० वर्षीय रामजनम रायको शनिबार राति अपहरण गरी हत्या गरीएको हो ।


बौहर्वा प्रहरीचोकी नजिकै घर भएका रायको मुख बाँधेर गोली हानी हत्या गरी फालिएको अवस्थामा उनको शव बाँसघारीमा आइतबार दिउँसो फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्ण प्रसाद बर्माले बताए ।

घटनास्थल घरभन्दा एक किलोमिटर पूर्वमा पर्छ । उनी नेकपाको स्थानीय कार्यकर्ता भएको नेकपाका स्थानीय नेता कमल बुढाथोकीले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button